• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसी सेनाले १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त गरेको युक्रेनको विदेश मन्त्रालयको दाबी

ByAgrim Post

Mar 4, 2022

कीभ (युक्रेन) । रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालयले शुक्रबार जनाएको छ ।

युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन्र, भने स्कोमाथि प्रतिबन्ध लगाएका छन् ।

यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् । अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तरबैंक सन्देश प्रणालीबाट हटाउन सहमत भएका छन् ।

यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन् । राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरूविरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *