• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सुत्नुअघि के खाने, के नखाने?

ByAgrim Post

Mar 4, 2022

राम्रो स्वास्थ्यको लागि निद्रा अनिवार्य छ। निद्रासँग नजिकको सम्बन्ध छ स्वास्थ्यको। निद्राको कमीले हामीलाई धेरै गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ। हाम्रो खानपानले हाम्रो निद्रामा पनि असर गर्छ। हामी दिनहुँ यस्ता धेरै खानेकुरा खान्छौं, जसले हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न गर्न सक्छ। यसले हाम्रो निद्राको चक्रलाई लामो समयसम्म बाधा पुर्‍याउन सक्छ।

सुत्नुअघि के खाने? के नखाने? निद्राको लागि यी खानेकुराबाट बच्नु जरुरी छ

कफी- कफीलेले तपाईंको निद्रालाई गम्भीर रूपमा बाधा पुर्‍याउन सक्छ। यो तत्व कफी, चिया र डार्क चकलेटमा पाइन्छ।

टमाटर- टमाटरले एसिडिटी हुन सक्छ। त्यसैले सुत्नुअघि टमाटर खानबाट जोगिनुपर्छ। टमाटरले तपाइँको बेचैनी पनि बढाउन सक्छ, जसले तपाइँको निद्रामा बाधा पुर्‍याउन सक्छ।

अल्कोहल- रक्सीले तपाईको निद्रामा बाधा पुर्‍याउन सक्छ। तसर्थ सुत्नुअघि धेरै अल्कोहल सेवन गर्नु हुँदैन।

मसलादार खाना- मसलायुक्त खानेकुराले तपाईंको निन्द्रामा समस्या ल्याउन सक्छ। यसले पेट दुख्ने र एसिडिटी हुन सक्छ।

मिठाई- सुत्नुअघि धेरै मिठाइहरू नखानुहोस्। यसले गर्दा निदाउन गाह्रो हुन्छ।

फास्ट फूड- जंक फूडले राम्रोसँग निदाउन गाह्रो बनाउँछ। यसमा चिनी, बोसो र कार्बोहाइड्रेट बढी हुन्छ, जसले निद्रामा समस्या निम्त्याउँछ। फास्ट फूडले मोटोपना पनि बढाउँछ, जसले स्लीप एपनिया रोग निम्त्याउन सक्छ।

यी खानेकुरा निद्राका लागि राम्रो मानिन्छन्

बदाम र ओखर- बदाम ओखरले निद्राको गुणस्तर सुधार गर्छ। यी ड्राई फ्रुट्समा निद्राको नियमन गर्ने हर्मोन मेलाटोनिन उच्च मात्रामा पाइन्छ।

दूध- तातो दूध राम्रो निन्द्राको लागि एक धेरै लोकप्रिय घरेलु उपचार हो। बाल्यकाल देखि हामीलाई सुत्ने समयमा दूध पिउन सल्लाह दिइन्छ।

हर्बल चिया- आरामदायी निद्राको लागि क्यामोमाइल चिया राम्रो विकल्प हो। अनिद्रा अर्थात् निन्द्रा नलाग्ने मानिसहरूलाई सुत्नुअघि यो पिउन भनिन्छ।

किवी- यस फलमा निद्रा सुधार गर्ने धेरै गुणहरू छन्। एक अध्ययनका अनुसार सुत्नुभन्दा एक घण्टा अगाडि दुईवटा किवी खाँदा चाँडो निन्द्रा लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *