• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

१६ वटा युट्‍युव च्यानललाई कारबाही

Bydeep

Mar 4, 2022

२० फागुन, काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्‍म विभिन्‍न सञ्चारमाध्‍यमबाट सम्प्रेषित सामग्री अध्‍ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्‍यक्ति तथा पीडितहरुको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्‍यतथ्य छानबिनलगायत समग्र न्‍यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्‍यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(११), ५(४) र ४ (९)को ठाडो उल्लंघन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *