• Wed. Sep 27th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

२८ वर्ष पुरानो ४५ किलोको घण्ट चोरी

Bydeep

Mar 4, 2022

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाउनुभएको कम्तीमा पनि ४५ किलाेको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख एवम् प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही फागुन १८ गते बुधवार राति मन्दिरको घण्ट चोरी भएको खबर आएको छ, खोजीका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो भन्ने यकिन गर्न सकिएको छैन ।’

मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने व्यक्तिहरूले मन्दिरको घण्ट चोरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *