• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छः गगन थापा

ByAgrim Post

Mar 5, 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हाम्रो आफनो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पार्नुभयो । महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट पारिएको मात्र हो भन्नुभयो ।

उहाँले एमसिसी सम्झौता व्याख्याका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसद्बाट सहजरुपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राख्नुभयो ।

महामन्त्री थापाले आगामी दुई÷चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने छ भन्नुभयो ।

उहाँले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलार्ई आगामी पाँच–सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भन्नुभयो ।

नेकांका उपसभापति धनराज गुरुङले वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको स्पष्ट पार्दे चुनावमा गठबन्धन हुदैन र जहाँ जुन परिस्थिति हुन्छ त्यही अनुसार गर्र्दै जाने धारणा राख्नुभयो ।

उहाँले कांग्रेस सदैव बहुलवाद र संसदीय पद्दतिमा आधारित पार्टी भएकाले आफ्नो नीति र एजेण्डा लिएर जनता समक्ष जाने हो भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *