• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चीनले ७.१ प्रतिशतले बढाएर छुट्यायो राष्ट्रिय रक्षा खर्च

ByDeayam

Mar 5, 2022

चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पु¥याउने भएको छ ।

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिबेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो ।

“राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरि की डलर छुट््याइएको हो । यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो ।”

एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ ।

संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ ।

सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो ।

यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *