• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

झापा आन्दोलनको ४९ वर्ष पूरा

ByAgrim Post

Mar 5, 2022

नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ ।

झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए ।

त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ । सुखानी शहीद स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुखानी पुगेर शहीदको प्रतिमामा माल्यार्पण गरेका छन् ।

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसँगै हत्या गरिएकालाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *