• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

झापा विद्रोहको ५० बर्ष : कसरी भयो सुनखानी हत्या काण्ड ?

ByAgrim Post

Mar 5, 2022

काठमाडौं । आज ‘सुखानी शहीद स्मृति दिवस’ मनाइदैँ छ । झापा विद्रोहमा शहीद भएको सम्झानामा यो दिवस मनाउँने गरिन्छ ।

झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ । हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्यार्पण गरिन्छ।

सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो । तर कम्युनिस्ट नेता र नेतृत्वलाई शहीदको सपना पूरा गर्ने सङ्कल्पबाट च्यूत हुने गरेको आरोप लाग्दै आएको छ ।

योसँगैै नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ ।तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *