• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पछिल्लो २४ घण्टामा मुलुकभर ९१ जनामा कोरोना संक्रमण पुष्टि

ByAgrim Post

Mar 5, 2022

मुलुकभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ६६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६७ जना र ३ हजार ५५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ९७८ पुगेको छ । सोही अवधिमा २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ६ हजार ९४७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५८ हजार ५५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार २२० जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख १८ हजार ०५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *