• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युद्धविराम घोषित युक्रेनी शहरमा गोलाबारी रोकिएन, उद्धारको काम स्थगित

ByAgrim Post

Mar 5, 2022

काठमाडौं– युद्धविराम घोषित युक्रेनी शहरमा रुसी बमबारीका घटनामा कमी नआएको युक्रेनले आरोप लगाएको छ । दोश्रो चरणको वार्ताका क्रममा युद्धविराम घोषणा गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सहमति भएपनि रुसी पक्षले गोलाबारीलाई निरन्तरता दिएको युक्रेनी पक्षको आरोप छ ।

यसअघि बेलारुसमा रुस र युक्रेनबीच भएको दोश्रो चरणको वार्ताका क्रममा युक्रेनको मारिउपोल शहरमा हिंसा रोकेर सर्वसाधारणको उद्धार गर्ने सहमति भएको थियो ।

यद्यपि रुसी पक्षबाट हिंसा नरोकिएका कारण त्यहाँबाट मानिसहरुलाई सार्ने काम पनि स्थगित गरिएको स्थानीय उपमेयर शेर्ही ओर्लोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसी फौजले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने बाटोलाई नै लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ ।

‘त्यहाँ जान सुरक्षित छैन’ बीबीसीलाई दिएको अन्तरवार्तामा उपमेयरले जनाएका छन् ।

हाल मारिउपोल शहरमा हरेक तीन देखि पाँच मिनेटको अन्तरालमा रुसी आक्रमणबाट भएको विष्फोटको आवाज आइरहेको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *