अमेरिकाको मासाचुसेट्सबाट २७ बर्षका नेपाली युवा बेपत्ता भएका छन् । उनी मंगलबारदेखि ह’राइरहेकोमा अहिलेसम्म फेला नपरेको जनाइएको छ । मासाचुसेट्सको एभरेटमा बस्दै आएका अजित गुरुङ अहिलेसम्म पनि नभेटिएपछि उनको बारेमा कुनै खबर प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ । उनी अन्तिमपटक मार्च १ को दिउसो १ बजेतिर मेडफोर्डको फेल्सवे वेष्ट सालेम स्ट्रीटमा देखिएको जनाइएको छ ।
उनले कालो ज्याकेट लगाएको जनाइएको छ । ५ दशमलव ८ फिट अग्ला उनी १८५ पाउण्ड रहेको जनाइएको छ । उनको परिवारले उनलाई सम्पर्क गर्न नसकेपछि उनलाई खोज्नमा स’घाउन सबैसँग अपिल गरेका छन् ।
यो पनि – उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको दुई महिना नपुग्दै एक नेपाली विद्यार्थी मृ’त फेला परेका छन्। काठमाडौं गल्फुटारका सुजन बस्नेत अस्ट्रेलिया आएको २ महिना नपुग्दै अर्वनस्थित आफ्नै कोठामा मृ’त फेला परेको प्रहरीले जनाएको छ।
वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका उनी कलेजसमेत जान पाएका थिएनन्। सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउथवेल्सका सल्लाहकार सन्तोष श्रेष्ठले आफैंसँग पन्ध्र दिन राखेका थिए। काम पाएपछि उनी अर्वन सरेका थिए।
आफैंले एयरपोर्टबाट पिकअप गरेर घरमा राखेको व्यक्तिको यस्तो खबर सुन्नुपर्दा निकै पी’डा भएको सन्तोषले बताए। ‘मैले नै उनलाई विमानस्थलबाट ल्याएर घरमा राखेको थिएँ, राम्रो र आकर्षक ब्यक्तित्वका धनी थिए’, उनलेभ भने, ‘केही दिनमा काम पाएपछि उनी मेरो घरबाट अर्वन सरेका थिए।
आज यस्तो दुःखद खबर सुन्नुपर्दा निकै पी’डा महसुस भएको छ’, सन्तोषले भने। जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घ’टनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। ‘उज्वल भविष्यको कल्पना गरेर विदेशमा अध्ययनका लागि पठाएका छोरा छोरीको पढाइ सुरू नहुँदै मृत्युको यस्तो दुखद खबर सुन्नुपर्दा अभिभावकलाई कस्तो ब’ज्रपात पर्यो होला?’, सन्तोषले भने।
मृ’त अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको श’व लिडकमस्थित श’वगृहमा राखेको छ। यसरी एउटा नेपाली युवाले अस्ट्रेलियामा पढाइ सुरू नगर्दै मृत्युवरण गरेको घटनाले निकै दुः’खी बनाएको एनआरएन न्यु साउथवेल्सका सचिव विनोद कुँवरले बताए।
‘हामीले सकेसम्म नेपाली विद्यार्थीको हक हि’तमा काम गर्ने प्रयास गरिरहेका छौं। तर पनि यसरी दुः’खद घटना घटनु नेपाली समाजको लागि पी’डादायक विषय हो’, विनोदले भने। उनले सुजनको श’वलाई नेपाल पठाउन आफूहरूले सहयोग संकलनसमेत सुरू गरेको जानकारी दिए।
‘मैले काम लगाइदिएको थिएँ। तर घटना घटनु एक दिन अघिदेखि उनी काममा गएका रहेनछन्’, एनआरएन एनएसडब्लु सदस्य सागर रिजालले भने। उनले भर्खर पढाइका लागि नयाँ ल्यापटप किनेर ल्याएको सागरले सम्झना गरे। ‘यो हाम्रो नयाँ पुस्ताको लागि एउटा दुः’खद खबर हो’, उनले भने।
एनआरएन एनएसडब्लुका युवा संयोजक विक्रम दाहालले यस्ता खाले दु’घर्टनाले नेपाली समाजलाई फरक र अलग पी’डादायक सन्देश प्रवाह गरेको बताए। ‘हामीले आफैं छोरारीलाई विदेश पठाउनुअघि निकै विषयमा ध्यान दिन जरूरी हुन्छ, किनभने यताको वातावरण र अवस्थाका बारेमा नबुझिकन घरमा पु’लपुलिएर हुर्केका युवालाई विदेश पठाउँदा कहिलेकाही गम्भीर दुर्घटना घट्नसक्छ’, दाहालले भने।