• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता , विश्व राजनीतिका बारेमा छलफल

ByDeayam

Mar 6, 2022

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ।

उनीहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ। सो फोनवार्ताका क्रममा उनीहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ।

उनीहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *