• Thu. Sep 21st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् : राष्ट्रपति जेलेन्स्की

Bydeep

Mar 6, 2022

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई अस्वीकार गरेको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको बीबीसीमा उल्लेख छ। तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

यो निर्णय लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य गठबन्धन नेटोको कडा आलोचना गर्नुभएको छ । नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको उहाँको टिप्पणी छ । उहाँले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *