इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन् ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक÷एक गोल गरे ।
जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ । बर्नली २१ अंक जोडेर १८ औं स्थानमा छ ।
अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० ले हरायो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० तथा न्युकासलले ब्राइटनलाई २–१ अन्तरले हरायो ।