• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसी विरोधी प्रदर्शन गर्नेलाई कुकुरको संज्ञा दिने नेता गुरुङलाइ भिम रावलले दिए यस्तो जवाफ

ByDeayam

Mar 6, 2022

नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले एमसीसी विरोधी प्रदर्शन गर्नेलाई कुकुरको संज्ञा दिएपछि विरोध भइरहेको छ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गुरुङले हात्ति रुपी काँग्रेस अगाडि बढेको र केहि कुकुर बानेश्वरमा भुकेपनि एमसीसी पास भएको बताएका थिए।

सो बारे एमाले नेता भीम रावलले विरोध जनाउँदै काँग्रेस विदेशीको भक्तिमा भुकिरहेको बताएका छन्।

एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानको विरोध गर्ने देशभक्त नेपालीलाई ‘कुकुर’ भन्ने नेकांका एक नेताको भनाई सुन्दा १९५० को असमान सन्धि, कोशी, गण्डकी, महकाली, कर्णाली र एमसीसीमा नेपाली कांग्रेसले विदेशीको भक्तिमा भुकेको र कलोमा झुकेको इतिहास ज्वलन्त भएर अगाडि आयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *