• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

काँग्रेसले अब बहुमतका साथ ५ वर्ष आनन्दले सरकार चलाउँछ : गगन थापा

Bydeep

Mar 6, 2022

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् । पार्टी निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचालन गर्ने बताए ।‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ ।नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’

उनले भने, ‘म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन सकेन त्यसपछि हामीले सरकारको जिम्मा लिएको हौँ। नेपाली काँग्रेसले तत्कालीन नेकपाको सरकार नढलोस् भन्ने चाहँदा चाहँदै पनि उनीहरुले सरकार चलाउन नसकेको जिकिर गरे ।उनले भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो ।

५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो । तर नेकपाले चलाउन सकेन । उसले आफ्नै घरमा आगो लगायो।’महामन्त्री थापाले ती आगो लगाउनेहरूमध्ये एकथरीले खरानी धसेर देखाइदिने हो भन्दै बाहिर आएको र अर्का थरी खरानीको थुप्रोमा बसेर अट्टहास गर्दै हामीले जित्यौँ भनिरहेको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष काँग्रेस सरकारमा नआउने र काँग्रेसकै अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भन्दै गरेको टिप्पणी स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *