• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘कुरा काट्ने मान्छेले कार्टुन’ गायक संग समिक्षा अधिकारीको ‘बजाई देउ’ (भिडियो)

Bydeep

Mar 6, 2022

‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत दिएका गायक सुभाष पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।

बाबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृष्य समेटिएका छन् । जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदुरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडिायेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् । चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको भिडियोमा भिडियोमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *