• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

गर्मी मौसममा भान्सामा छुटाउनै नहुने सागसब्जी

ByDeayam

Mar 6, 2022

गर्मी मौसममा खानपिनमा हल्का तलमाथि वा लापरबाही भए पनि यसले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ । यसकारण गर्मी मौसममा शरीर तन्दुरुस्त राख्न खानपानमा विशेष ख्याल गर्नुपर्छ । गर्मी मौसममा निम्न उल्लेखित सागसब्जी नियमित प्रयोग गर्नाले स्वास्थ्यलाई निकै राम्रो गर्ने पोषणविद्हरूको भनाइ छ ।

लौका : लौका स्वादिष्ट हुनुका साथै यसमा अत्यधिक पोषक तत्व हुन्छ । अक्सर गर्मी मौसममा तरकारी वा जुसका रूपमा खाने गरिन्छ । लौकामा धेरै क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ । पेटमा खराबी भएका, उच्च कोलेस्ट्रोल तथा मधुमेहका बिरामीले लौका खानुपर्ने चिकित्सकहरूको सल्लाह छ । लौकाले यी तीनवटै रोगमाथि नियन्त्रण राख्छ ।

हरियो सिमी : गर्मी मौसममा तरकारीमा बढी प्रयोग हुने हरियो सिमी पनि हो । सिमीमा क्यालोरी धेरै हुन्छ । मोटो व्यक्तिले नियमित रूपमा सिमीलाई तरकारीका रूपमा प्रयोग गर्दा राम्रो मानिन्छ । यसले तौल घटाउनसमेत मद्दत गर्छ । फाइबरको मात्रा धेरै भएकाले सिमीले पाचन क्षमतासमेत वृद्धि गर्छ । यसमा भिटामिन के हुन्छ । जसले हड्डी राम्रो बनाइराख्छ । साथै प्रोटिन, जिंक तथा एन्टी अक्सिडेन्टजस्तो तत्व हुन्छ ।

करेला : करेला निकै नै तितो हुन्छ । तर, करेलाले शरीरलाई धेरै नै फाइदा पुर्‍याउँछ । विशेषत मुटु, मधुमेह तथा पेटसम्बन्धी रोग भएका व्यक्तिका लागि करेला नियमित खाँदा निकै राम्रो हुन्छ । करेलामा भिटामिन सी, आइरन तथा पोटासियम तत्व हुन्छ । पाचन शक्ति एकनास बनाउन पनि करेला अति उपयुक्त मानिएको छ । गर्मीको समयमा करेला खाँदा शरीरलाई चिसो बनाउने काम पनि गर्छ ।

हरियो पातका तरकारी : गर्मीको मौसममा शरीरलाई सन्तुलित बनाउन र पाचन शक्ति वृद्धि गर्न हरियो सागपात नै खान भनिएको छ । साग र पालकजस्तै अन्य हरियो पात भएका तरकारी गर्मी मौसममा धेरै उपयुक्त रहन्छ । यसमा धेरै आइरन, क्याल्सियम तथा पानीको मात्रा धेरै रहन्छ ।

फर्सी : फर्सीमा भिटामिन ए भरपूर हुन्छ । यसले शरीरको इम्युनिटी पावर बढाउने काम गर्छ । फर्सीमा भएको एन्टी अन्सिडेन्टले शरीरको तापक्रम चिसो बनाउने काम गर्छ । फर्सीले मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ ।

गोलभेँडा : गोलभेँडा बाह्रै मौसममा पाउने तरकारी हो । गोलभेँडा सबै परिकारमा मिसाउन सकिन्छ । गोलभेँडामा ९५ प्रतिशत पानी हुन्छ । गोलभेँडाले पनि शरीरको पानीको मात्रा सन्तुलन राख्ने काम गर्छ । गोलभेँडामा पोटासियम तथा क्याल्सियम तत्व अधिक हुन्छ ।

गाँजर : गोलभेँडाजस्तै गाँजर पनि वर्षभरि पाइने हरियो सागसब्जीमै पर्छ । यसलाई सलाद वा तरकारीका रूपमा पनि खान सकिन्छ । गाँजरको जुस शरीरलाई धेरै नै फाइदा पु¥याउने पोषणविज्ञहरूको भनाइ छ । गाँजरमा भिटामिन ए हुन्छ । भिटामिन एले आँखाको प्रकाश तेजिलो बनाउने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *