• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दमौलीमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरले निभाउँदै

Bydeep

Mar 6, 2022

काठमाडौं, २२ फागुन । तनहुँको सदरमुकाम दमौलीको हार्डवेयरबाट फैलिएको आगो निभाउने प्रयास जारी छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोकको भुपाल हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको हो ।

हार्डवेयरबाट सल्किएको आगोबाट ४ घर जलेर नस्ट भएका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । आगो नियन्त्रणको लागि जमिनबाट पनि ७ वटा दमकल र पानी ट्यांक प्रयोग गरेको प्रसाशनले जनाएको छ। विद्युत लाइन सर्ट भएर आगोलागी भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको जिल्ला प्रशासन कार्यालय तनहूँले जनाएको छ । प्रशासनको अनुसार आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *