• Sat. Sep 23rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पलको साथ नपाए पनि प्रेमीले दिए देश दौडाहामा पूजा शर्मालाई साथ

Bydeep

Mar 6, 2022

काठमाडौँ । अभिनेता पल शहको साथ विषम परिस्थितिले प्रमोसनका लागि नायिका पूजा शर्माले नपाए पनि उनले प्रेमी युद्ध बानियाको साथ भने प्रमोसनको समयमा पनि पाउन थालेकी छिन्।सहकर्मी नायक पल हिरासतमा बसिरहेको समयमा भेट गर्न दमौली प्रहरी कार्यालय पुगेकी पूजा त्यतैबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न देश दौडाहामा निस्किएकी छिन् । पोखरा, हेटौंडा र चितवन हुँदै उनी विरगञ्ज पुगेकी पूजाको साथमा यतिबेला सोही फिल्मका हिरो पल नभए पनि पूजाका प्रेमी युद्धले उनको साथ छाडेका छैनन् ।

पूजाको साथमा निर्देशक सुदर्शन थापा, कलाकार गणेश गिरी, शोभित बस्नेतसँगै प्रेमी युद्ध बानियाँ पनि छन् । युद्ध र पूजाको प्रेम सम्बन्धको चर्चा चल्न थालेको लामै समय भइसकेको छ ।तर, उनीहरुले खुलेरै प्रेम सम्बन्ध भने अझै स्वीकार भने सार्वजनिक रुपमा गरेका भने छैनन् । टौंडाबासी युद्ध गहुँगोरो अनुहार र खाइलाग्दो ज्यानका युद्ध फिल्मी हिरोभन्दा कम छैनन् ।

झट्ट हेदा आकाश श्रेष्ठ जस्तो देखिने युद्धसँग पूजाको भेट पूजाकै दिदीहरुको माध्यमबाट चिनजान भएको बताइन्छ । सुरु सुरुमा युद्धको कुरा गर्दा लजाउने पूजा अहिले भने विस्तारै विस्तारै मिडियामा पनि खुल्न थालेकी छन् । यसअघि पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडिदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *