• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाहलाई आज म्याद थप गरिँदै

Bydeep

Mar 6, 2022

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले रातोपाटीलाई बताए ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *