• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पुटिन रोकिएनन्, स्थिति झन् बिग्रिँदै गयो: युक्रेनकी उपप्रधानमन्त्री

Bydeep

Mar 6, 2022

युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्नाले देशको अवस्था अझ बिग्रिँदै गएको बताएकी छन्। बीबीसीसँग कुरा गर्दै उनले रुसको ‘चरमपन्थी योजना’को अर्को लहर सुरु भएको बताइन्।उनले रुसले युक्रेनी सहरका अस्पताल र किन्डरगार्टेनमा बम विस्फोट गराएको र अवस्था झन खराब भएको बताइन्।

उनले भनेकी छन्, ‘युक्रेनले रुसको आक्रमणको प्रतिरोध गर्ने संकल्प गरे पनि यो युद्धको अन्त्य होइन।’ उनले सैनिकको मृत्युसहित रुसले ठूलो नोक्सानी बेहोरे पनि यसका राष्ट्रपति भ्लादिमिर पुटिन नरोकिएको बरु थप आक्रामकता बढाइरहेको बताएकी छन्। बीबीसी वनसँग कुरा गर्दै ओल्हा स्टेफानिश्नाले भनिन्, ‘युक्रेनको सेना पहिले जस्तै बलियो छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *