• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पेट्रोलियम पदार्थको मूल्य बढेपनि विद्युतीय मोटरसाइल तथा स्कुटरको प्रयोग न्युन

ByDeayam

Mar 6, 2022

पेट्रोलियम पदार्थको मूल्य आकासिदो छ । जेठ २०७७ मा ९६ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अहिले १५० पुगिसकेको छ ।

पेट्रोलको मूल्य बढिरहँदा पनि विद्युतीय मोटरसाइल तथा स्कुटरको प्रयोग गर्ने न्युन छ ।

विद्युतीय गाडीको प्रयोग विस्तार बढ्दो छ । त्यसको तुलनामा विद्युतीय स्कूटर, मोटरसाइकलप्रतिको आकर्षण कम छ ।

एक पटकको चार्जबाट लामो यात्रा गर्न नसक्नु, छिटो चार्ज गर्ने प्रविधि जडान नहुनु, अधिकतम् गति (स्पीड) कमजोर हुनु र मूल्य बढी हुनु जस्ता कारणले विद्युतीय बाइक वा स्कूटर कमै प्रयोग छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिना (माघ-साउन)मा १ लाख ८९ हजार ९२७ वटा पेट्रोल बाइक नेपाल भित्रिएका छन् । यसमा १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ ।

विद्युतीय मोटरसाइलको आयात सारै न्युन छ । साउन-माघको अवधिमा २ हजार ६०० वटा विद्युतीय बाइक आयात भएको छ । यो आयातमा २० करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने सरकारले ५ करोड १ लाख राजस्व उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *