• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘बजरंगी भैजान’की मुन्नी १४ वर्षकी भइन् !

Bydeep

Mar 6, 2022

सन् २०१५ मा फिल्म ‘बजरंगी भैजान’मा मुन्नीको भूमिका निर्वाह गरेकी बाल कलाकार हर्षाली मल्होत्राले आज जन्मदिन मनाउँदैछिन् । पछिल्लो समय निकै सफलता हात पारेका केही बाल कलाकारमध्ये हर्षाली पनि एक हुन् । तर फिल्म ‘बजरंगी भाइजान’ पछि भने उनले अहिलेसम्म बलिउडबाट कुनै राम्रो ठूलो अफर पाएकी छैनन् । हर्षाली अहिले १४ वर्षकी छिन् र अहिले उनको रूप निकै परिवर्तन भएको छ।

हर्षालीले एक अन्तर्वार्तामा आफूले फिल्म, टिभी र ओटीटीका धेरै अफरहरु पाइरहेको बताएकी थिइन् । तर, आफू हतारमा केही गर्न नचाहेको उनको भनाइ थियो । चलचित्रमा आफ्नो कामको याद सधैँ होस् भन्ने उनी चाहन्छिन् ।

हर्षलीले भनिन्, “म भविष्यमा अभिनेत्री बन्न चाहन्छु । अभिनय कक्षामा सहभागी हुनेछु । सही प्रशिक्षण लिएर म आफैलाई तयार गर्नेछु। अहिले, कोभिडको कारणले त्यसो गर्न सकिनँ । अहिले म मार्सल आर्ट प्रशिक्षण र एरोबिक्स पनि गर्दैछु। आफूलाई स्वस्थ राख्न म बाहिर र फास्ट फुड खानबाट जोगिने गरेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *