• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते

ByDeayam

Mar 6, 2022

मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन्। मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो।

क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो। यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको थियो।

सुरक्षा गार्डहरुले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ।

अराजक दृश्यहरू देखा परेको जनाइएको छ। मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन। तर २२ जना घाइते र ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ।क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर र हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही माग गरेको छ। एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *