• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले रोक्यो युरोपलाई दिने ग्यास

Bydeep

Mar 6, 2022

रुसले युरोपलाई उपलब्ध गराइरहेको प्राकृतिक ग्यास केही समयका लागि रोकेको छ । शुक्रवार बिहान रुसबाट पश्चिमतर्फ जाने यमाल–युरोप पाइपलाइन केही समयका लागि रोकेर बेलुका पुनः खोलिएको पाइएको छ । त्यस दिन मालनाउ मिटरिङ पोइन्टमार्फत जर्मनीलाई गर्ने प्रवाह १ करोड किलोवाट घन्टा प्रतिघन्टा रहेको गास्केड नामक संस्थाको आँकडाले देखाएको छ ।

हालैका दिनमा रुसको ग्यास कम्पनी गाजप्रोमले यसै लिंकमार्फत पश्चिमतर्फ ग्यास अलिअलि गरी पठाउने गरेको छ । युरोपमा अहिले ग्यासको भारी माग छ । गाजप्रोमले युक्रेनको बाटो हुँदै ग्यास आपूर्तिलाई पनि बढाएको छ । युरोपको ग्यास मागको ४० प्रतिशत रुसले पनि पूरा गर्ने गरेको छ ।

पश्चिमसँग रुसको तनाव बढेको अनि युक्रेनमाथि रुसले आक्रमण गरेको अवस्थामा ग्यास आपूर्तिको विषय चर्चामा रहने गरेको छ । पश्चिमले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको भए पनि रुसले विश्व बजारमा ग्यासको आपूर्ति कायम राख्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *