रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन्।
उनले भने, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटल आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ।”
रूसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन्।
भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ। यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ। यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ।