• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संसद् भंग गरेर निर्वाचनमा जाऔं – माधव नेपाल

Bydeep

Mar 6, 2022

काठमाडौँ फागुन २२,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।

संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् । ‘संसद्‌मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने,’ उनले भने, ‘त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’

काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’- नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन्। आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ। ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने,‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ। काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो।’

गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पार्किङकाे समस्या समाधान हुन नसकेकाे भन्दै आलाेचना गरे। अब पाँच वर्षको मूल्यांकन गरेर कांग्रेसले जित हासिल गर्नेगरी मतदातासामु जानुपर्ने उनको भनाइ छ।

‘मुद्दा पहिचान गरेर मतदातासामु जानुपर्छ, त्यसपछि मात्र मतदाताले मत दिन्छन्,’ उनले भने। कांग्रेस काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ३२ वटै वडामा वडा समिति र टोल समितिलाई क्रियाशील बनाउन निर्देशन दिए।

चुनावमा सबै नेताहरूले दाबी गर्न पाउने भए पनि ‘मै हुनुपर्छ’ भावना हुन नहुने उनको भनाइ छ। ‘दाबी गर्न पाइन्छ। तर, मै हुनुपर्छ भन्ने हुँदैन। विधि प्रक्रिया छ,’ उनले भने, ‘कांग्रेसमा व्यक्तिभन्दा पनि रुखलाई हेरेर प्रचारप्रसार गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *