• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सलमानसँग बिहेको तस्बिरबारे यसो भन्छिन् सोनाक्षी

Bydeep

Mar 6, 2022

अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ। यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।

सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् ।​ सोनाक्षी सिन्हाले फोटोमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, ‘के तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फोटोहरूबीच भिन्नता छुट्याउन सक्नु हुन्न ।

सोनाक्षीले यो फोटोमा कमेन्ट गरेपछि उनका एक फ्यानले लेखेका छन्, ‘किन जवाफ दिँदै हुनुहुन्छ ?’ अर्की प्रयोगकर्ताले लेखेका छन्, “उनीहरुलाई मानिसको ध्यान चाहिएको छ र तपाईँले त्यही दिँदै हुनुहुन्छ ।’

अर्को प्रयोगकर्ताले लेख्छन्, “तपाईंले यस विषयमा बोल्नु भएकोमा खुशी छु, यस्तो गसिप पेज बन्द गर्नुपर्छ । ‘ सलमान हाल युलिया वन्तूरलाई डेट गरिरहेका छन् भने सोनाक्षीको नाम अभिनेता जहीर इकबालसँग जोडिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *