• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

साढे एक करोड नगदसहित ताहचलबाट दुई पक्राउ

ByDeayam

Mar 6, 2022

काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूलाई प्रहरीले आइतबार ताहचलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी छन्।

उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *