• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सिम्रिक हेलिकोप्टरले थाल्यो मादी नदीबाट पानी निकाल्दै आगो निभाउन

Bydeep

Mar 6, 2022

तनहुँ २२ फागुन । तनहुँको दमौली बजार ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयरमा लागेको आगलागी निभाउने प्रयास भइरहेको छ । बिहान १० बजेबाट लागेको आगो निभाउन फायर फाइटिङसहितको टोली लिएर सिम्रिक एयरको हेलिकोप्टर मार्फत घटना स्थल पुगेको छ ।

जिल्ला प्रहरी तनहुँले दिएको जानकारी अनुसार अहिले सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय मादी नदीबाट पानी निकालेर आगो निभाउने प्रयास भइरहेको छ । विद्युत् लाइन सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । साथै आगो फैलिन नदिन डोजरले घर भत्काउने काम भइरहेको छ । आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *