• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सौगात मल्ल र सृष्टि श्रेष्ठ आउँदो वर्ष बिहे गर्दै

Bydeep

Mar 6, 2022

२२ फागुन, काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । यतिबेला गम्भीर प्रेममा रहेको यो जोडीले आगामी वर्ष २०७९ मा लगनगाँठो कस्ने भएको छ । आउँदो वर्ष विवाह गर्ने निश्चित भएको सृष्टिले जानकारी दिएकी छन् । हालै लण्डनबाट नेपाल आएका सृष्टिका बुवाआमा र सौगातबीच पनि भेट भइसकेको छ ।

बुवाआमाको अनुमतिपछि आउने वर्ष शुभसाइतमा बिहे गर्ने तयारी रहेको सृष्टिले बताइन् । ‘मेरो बुबाआमाले पनि उहाँलाई मन पराउनुभयो । सौगातले पनि बुबाआमालाई बिरामी हुँदा केयर गर्नुभयो । मलाई चाहिएको यस्तै सम्बन्ध र केयर हो,’ सृष्टिले भनिन् ।

आफूहरुको सम्बन्धलाई लिएर बाबुआमा खुसी भएको र विवाहको तयारी गर्न भनेको सृष्टिको भनाइ छ । साथै, फिल्मसहित रुचिको क्षेत्रमा सृष्टि र सौगातलाई सघाउने वचन पनि उनको परिवारले दिएको छ । ‘उहाँले तिमीहरु मिलेर अघि बढ । हामी सघाउन तयार छौं भन्नुभएको छ । हामी उहाँहरुको भनाइअनुसार नै समय लिएर अघि बढ्छौं । हामी निकै उत्साहित छौं,’ सृष्टिले भनिन् । सृष्टिका बुवाआमा लण्डनमा बस्दै आएका छन् ।

यसअघि केही फिल्ममा स्क्रिन सेयर गरिसकेका सृष्टि र सौगातले हालै ‘राधाः द सिक्रेट’ फिल्म निर्माणमा समेत सहकार्य गरेका छन् । सृष्टिले सौगात अभिनित पछिल्लो फिल्म ‘लप्पनछप्पन २’लाई सोमबार हलमै पुगेर हेर्ने तयारी पनि गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *