• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अभिनेत्री रेखा थापालाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबा पक्राउ

ByDeayam

Mar 7, 2022

अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

वाइबामाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रकरणबारे मुख खोल्दा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *