• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अमेरिका र उसका सहयोगी राष्ट्र नेटोविरुद्ध आइपर्ने जस्तोसुकै खतराको सामना गर्न तयार

ByDeayam

Mar 7, 2022

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका र उसका सहयोगी राष्ट्र नेटोविरुद्ध आइपर्ने जस्तोसुकै खतराको सामना गर्न तयार भएको जनाएका छन्।

लिथुआनिया भ्रमणका क्रममा ब्लिंकेनले यस्तो बताएका हुन्। उनले भनेका छन्,‘रुसले लिथुआनियाको लोकतन्त्र कमजोर बनाउने प्रयास गरेको छ। साइबर आक्रमण र दुष्प्रचारको माध्यमबाट रुसले ध्रुवीकरणको बीउ छर्यो।’

उनका अनुसार अमेरिकाले सहयोगी राष्ट्रको रक्षा प्रणाली मजबुत गरिरहेको छ। सहयोगी राष्ट्रमाथि कुनै खतरा आए अमेरिका भिड्न तयार हुने उनको भनाइ छ।

सात हजार अमेरिकी सेना नेटोका सदस्य राष्ट्रको रक्षाको लागि युरोप जान लागेको पनि उनको भनाइ छ। अमेरिकाले युक्रेनमा भने सेना नपठाउने बताइसकेको छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *