• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

ओमानले माग्यो ३०० नेपाली, मासिक खान बस्नसहित ३ लाख ७० हजार बढि तलब

Bydeep

Mar 7, 2022

काठमाडौ । नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्येको एक ओमानले अस्पतालका लागि नेपाली डाक्टर र नर्स कामदारको माग गरेको छ । विभिन्न पदका लागि ७० जना महिला र २३० जना पुरुष गरी जम्मा ३०० जना डाक्टर र नर्स कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । चिकित्साशास्त्रमा स्नातक हुनुपर्ने भनिएको छ ।

कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले मासिक तलब खान बस्न सहित १ लाख २९ हजार माथिदेखि ३ लाख ७० हजार बढि पाउनेछ । इच्छुक कामदारले मदरल्याण्ड ओभरसिज प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ ।

कम्पनीको प्रतिनिधिबाट अन्तरवार्ता फागुन २२, २३, २४, र २५ गते हुने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *