• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चुनावलाई लक्षित गर्दै माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

ByDeayam

Mar 7, 2022

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ। सोमबार सकिएको केन्द्रीय समिति बैठकले आउँदो स्थानीय तहको चुनावलाई लक्षित गरि प्रदेश इन्चार्जको टुंगो लगाएको हो।

जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन्। यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन्।

लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन्।

यस्तै माओवादी केन्द्रले उपाध्यक्ष नारायाण्काजी श्रेष्ठलाई विभिन्न मोर्चाहरुको जिम्मेवारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *