• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाह प्रकरण : नायिका नम्रता सापकोटाले पनि दिईन कडा झटारो

Bydeep

Mar 7, 2022

काठमाडौं : पल शाह प्रकरणले यतिबेला सामाजिक संजाल गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरा सतमा छन् । उनी हिरा सतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् ।

उनीहरुले यस बिषयमा गम्भीर हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् । यसैबिच अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पनि मुख खोलेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै प्रकरणमा पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता ब्यक्त गरेकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन् ‘के उनी ठिक छिन् ? उनी कुन हालतमा होलिन् । उनको परिवारलाई के बितिरहेको होला ?’ उनको पीडितको सुरक्षा समाज र समाजमा रहेको सबैको भएको समेत बताएकी छिन् । उनले यस बिषयमा प्रश्न गरेकी छन् ‘उनको सुरक्षा यो समाज र समाजमा बस्ने नागरिकको हैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *