• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

ByDeayam

Mar 7, 2022

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए।

‘कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ,’ उनले भने, ‘एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।’ वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर कांग्रेसको प्रचार गर्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा कांग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे ।

‘संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौँ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । कांग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले एमसिसीका बारेमा जनतामा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए। एमसिसी नेपालको गरिबी निवारणका लागि उपयोगी हुने उनको भनाइ थियो । उनी आजै देवघाट गाउँपालिका–३ का वडाध्यक्ष स्व. कीर्तिमान आलेको शोकसभामा सहभागी भएका थिए । वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु भएको थियो ।

वरिष्ठ नेता पौडेल बन्दीपुरको झारगाउँमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए । साथै, उनले व्यास नगरपालिका–४ मा आइतबार आगलागीबाट क्षति भएको स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई सान्त्वना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *