• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रचण्ड परिवारका ६ सदस्य माओवादी केन्द्रीय कमिटीमा (नामावलीसहित)

ByAgrim Post

Mar 7, 2022

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।

आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
१. प्रचण्ड २. रेनु दाहाल ३. विना मगर ४. नारायण दाहाल ५. गंगा दाहाल ६. जीवन आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *