• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बारको उमेदवारी गठबन्धनमै : कांग्रेस निकटलाई अध्यक्ष, महासचिवमा माओवादी

Bydeep

Mar 7, 2022

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोशिएसनमा गठबन्धनमा आवद्ध दलहरुले तालमेल गरेका छन् । चैत १९ गते हुने बारको चुनावका लागि गठबन्धनमा आवद्ध दलहरु नपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले गठबन्धन गरेका हुन् ।

चुनावका लागि अध्यक्ष पदमा गठबन्धनका तर्फबाट गोपालकृष्ण घिमिरे अध्यक्ष पदको उमेदवार बनेका छन् । घिमिरे नेपाली कांग्रेस निकट डेमोक्रेटीक लयर्स एसोशिएसनका आवद्ध छन् । उनी कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक पनि हुन् ।

महासचिव पद माओवादीको भागमा परेको छ । माओवादी निकट गणतान्त्रिक प्रगतिशित कानुन व्यवसायी संगठनका तर्फबाट अंजिता खनाल उमेदवार बनेकी छन् । अर्को महिना हुने चुनावका लागि अहिले मनोनय दर्ता भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *