• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

ByDeayam

Mar 7, 2022

परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।

रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ|युक्रेनबाट हालसम्म ५३३ नेपालीलाई अन्यत्र सारियो « Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *