• Sun. Sep 24th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यौनहिंसा ठहरे पललाई १२ वर्षसम्मको कैद : जाहेरी गलत भए गायिकालाई ६ वर्ष जेल

Bydeep

Mar 7, 2022

काठमाडौं । अभिनेता पल शाहविरुद्ध ‘नाबालिग’ एक गायिकाले बलात्कारको जाहेरी दिएपछि उनीहरूका शुभचिन्तक दुई खेमामा बाँडिएका छन् । ‘१८ वर्ष उमेर नपुगेकी गायिका’ले अभिनेता पूर्णविक्रम (पल)शाहले आफूलाई जबरजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाऊँ भनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गराएसँगै उनीहरूका समर्थक दुई खेमामा विभाजित भएका हुन् ।

जाहेरी दरखास्त दर्ता भई पक्राउका लागि अनुमति प्रदान भएको पाँचौं दिनमा पल स्वयम् जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भई गिरफ्तारी दिएको र लगत्तै निजलाई अनुसन्धानका लागि हिरासतमा राख्न संहिताको दफा १४ बमोजिम अदालतमा हाजिर गराई ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ । नेपालको संविधान २०७२ को धारा १८ ले व्यवस्थित गरेको समानताको हकको प्रावधानअनुसार उनलाई पनि अनुसन्धान अधिकारीले आम नागरिकसरह समान व्यवहार गरी अनुसन्धान गर्नुुपर्छ। त्यसमा कसैको दबाब प्रभाव वा आग्रहले काम गर्नुहुन्न ।

तर, मुद्दाको अनुसन्धानका क्रममा भने अनुसन्धान अधिकारीले केही गम्भीर ढंगले उठेका प्रश्न, ती प्रश्नसँग जोडिएका, जोडिन सक्ने पात्रहरू र तिनले पल शाहलाई बर्बाद पार्नका लागि बनाएको योजना र रचेको परिपञ्च भनी चर्चामा आएका विषयसमेतलाई मध्यनजर राखी तिनलाई समेत अनुसन्धानको घेरामा ल्याई अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *