• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

राखी सावन्तको बायोपिक :सावन्तको रोजाईमा विद्या वालन

ByDeayam

Mar 7, 2022

बिग बोसका कारण राखी सावन्त फेरि एक पटक चर्चामा आइन् । बलिउडको चमकधमकबाट अचानक गायब भएकी राखी बिस बोसमा आएपछि फेरि एक पटक उनले गसिप कोलम हराभरा पारिन् । विजेता नै बन्लिन् कि भन्ने आशंका थियो तर बन्न सकिनन् ।

यही समयमा चर्चित गीतकार तथा लेखक जावेद अख्तरले राखी सावन्तको जीवनीमाथि फिल्म लेख्ने इच्छा भएको बताए पछि अहिले राखी माथि बन्ने फिल्मलाई लिएर चर्चा सुरु भएको छ । यो बहसमा राखी स्वयं सहभागी हुँदै उनले आफ्नो भूमिकाका लागि बलिउडका कुन हिरोइन ठीक होलान् भन्ने धारणा राखेकी छिन् ।

राखीका अनुसार उनको नजरमा आफ्नो भूमिका दुरुस्त निर्वाह गर्न सक्ने अभिनेत्री विद्या वालन हुन् । उनले आफ्नो जीवनीमाथि फिल्म बनाउने हो भने प्रयाप्त अंग प्रदर्शन गर्नु पर्ने र विद्याले मात्र यसो गर्न सक्ने बताएकी छिन् । विद्याले नगर्दा भने उनले प्रियंका चोपडा र करिना कपुर पनि आफ्नो बायोपिकका लागि उपयुक्त रहने बताएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *