• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सार्वजनिक यातायातको भाडा बढाउन माग

ByDeayam

Mar 7, 2022

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ।

महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो।

सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो। भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ।

महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ।

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासङ्घका महासचिव भरत नेपालले बताए।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।

अहिले नेपालमा डिजेलको मूल्य प्रतिलिटर रु १३३ र पेट्रोलको मूल्य प्रतिलिटर रु १५० पुगेको छ। यातायात क्षेत्रको सुधारका लागि महासङ्घले दिएको सुझावको सरकारले बेवास्ता गरेको भन्दै उनले आगामी चैत १ गतदेखि दबाबमूलक कार्यक्रम सार्वजनिक गरिने बताए। रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *