• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसी पास गरेपछि माओवादी छोड्नेको लर्को , सिङ्गो गाउँनै बन्यो काँग्रेस !

Bydeep

Mar 8, 2022

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ को (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले काङ्ग्रेसमा स्वागत गरेका हुन् ।माओवादीहरूले विकास निर्माणमा सिन्को पनि नभाचेको भन्दै उनीहरूको असलियत बुझेर नेकपा माओवादी पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् ।

माओवादीको लालकिल्ला मानिने उक्त स्थानमा सोझा जनजातिहरुलाई झुक्याएर निर्वाचनहरूमा प्रयोग गरेको तर आजबाट उनीहरू काङ्ग्रेस प्रवेश गरेको उनले बताए ।‘माझथरका ३६जना युवा साथीहरूलाई जनताको पार्टी नेपाली कांग्रेसमा हार्दिक स्वागत गर्दछु’ सांसद दवाडीले भने, ‘नेपाली राजनीतिक इतिहासको सबैभन्दा पुरानो,

प्रजातान्त्रिक अनि भरोसायोग्य पार्टी नेपाली कांग्रेस प्रति यहाँहरुले जुन विश्वास र भरोसा राख्नु भएको छ, यो विश्वासलाई कहिलै टुट्न दिने छैन ।’संसद दवाडी ‘मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति तपाईंहरुकै टेवाको लागिु भन्ने नारासहित समाजमूखी र जनतामूखी राजनीति गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *