• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

घटना भएको १५ वर्षपछि बहराइनबाट आरोपी पक्राउ

ByDeayam

Mar 8, 2022

नेपाल प्रहरीले घटना भएको १५ वर्षपछि एक जना हत्याका आरोपीलाई बहराइनबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ छन्।

कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो।

घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए। त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो।

उनलाई बहराईनमा पक्राउ गरिएको हो। उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो।

गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शाखाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *