• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रदेश प्रमुखको गाडीमा टिकटक

Bydeep

Mar 8, 2022

२४ फागुन, जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जानकी मन्दिर परिसरमै गाडी लगेपछि आलोचना भएको छ । दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए । ‘अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन बन्द गरिएको छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘प्रदेश प्रमुखको गाडी भित्रै आउनु गल्ती कुरा हो । नल्याउनुपर्ने हो ।’

मन्दिरका महन्थ, नगरपालिकाका प्रमुखसहित सुरक्षा अधिकारीहरूको सहमतिमा दुई वर्षदेखि सवारी पार्किङ गर्न अनौपचारिक रुपमा रोक लगाइएपछि सवारीसाधन बाहिर नै पार्किङ गर्ने तरिएको थियो । मुख्यमन्त्रीदेखि हरेक सुरक्षा अधिकारीको सवारीसाधन बाहिर नै पार्किङ गरिँदै आएकामा प्रदेश प्रमुखको गाडी मन्दिर प्राङ्गणमै लगिएपछि उनको गाडी प्रयोग गरेर टिकटक पनि बनाइएको छ ।

गाडी पार्किङ गरेर प्रदेश प्रमुख मन्दिर भित्र गएको केहीबेरमै आएका दुई युवकले गाडी प्रयोग गरेर टिकटक बनाएका हुन् । उनीहरूले गाडीमा अडेस लागेर आइसक्रिम खाँदै टिकटक बनाएका हुन् । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मन्दिरभित्र प्रदेश प्रमुखको गाडी प्रवेश गराएकोबारे जानकारी नभएको बताए । ‘के भएको रहेछ म बुझ्न लगाउँछु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *