• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाहलाई गैंडाकोट लगिदै, भाेलि कावासाेती लगेर बयान लिइने

Bydeep

Mar 8, 2022

काठमान्डौ– नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट ल्याइने भएकाे छ । फागुन ११ गते एक नावालिका गायिकाले शाहले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।फागुन १५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाह विरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडाकोट लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकाेटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डले जानकारी दिईन ।प्रहरी स्राेतका अनुसार शाहलाई आज गैडाेकाटमै राखिने र भाेलि कावासाेती लगेर सरकारी वकिलकाे कार्यालयमा बयान लिने तयारी छ। इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती बालिकाले दर्ता गरेको जाहेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *