• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भक्तपुरमा शरीरको भाग काटेको महिलाको शव भेटियो

Bydeep

Mar 8, 2022

काठमाडौं । भक्तपुरमा एक महिलाको शव फेलापरेको छ । गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र महिलाको शव फेलापरेको हो ।

अन्दाजी ३५/४० वर्षीया मृतक महिलाको पहिचान खुलेको छैन । उनको शव परालले छोपेको अवस्थामा भेटिएको हो । मृतक महिलाको घाँटीअगाडिको भागमा गहिरो चोट, शरीरका अरू भागहरूमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । उनले भने, “हत्या भएको देखिन्छ । पहिचान गरिरहेका छौँ । थप कुरा पोस्टमार्टम रिपोर्टबाट पनि खुल्ला ।” उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *