• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यी ८ कुरामा बिचार पुर्‍याउनुभयो भने कहिल्यै पनि बैवाहिक जीवनमा झगडा पर्दैन

ByDeayam

Mar 8, 2022

बिहे भइसकेका श्रीमानश्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।

त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वैवाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

आफ्नो सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा स्टाटस हाल्नु वैवाहिक जीवनमा नोक्शानी पु–याउन सक्छ ।

पतिपत्नी बीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले जानीकन वा नजानीकन साथीहरुसँग सेयर गरिरहेको हुनसक्छ । त्यसले तपाइँको सम्बन्धमा टकराव पर्ने वा अन्य तेस्रो व्यक्तिले अनावश्यक लाभ उठाउने अवसर पनि मिल्दछ ।

तपाइँको व्यक्तिगत जीवनको कुरा सार्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो । त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ ।

अपमान (इन्सल्ट) गर्नु हुँदैन

झगडाको समयमा एक-अर्कालाई इन्सल्ट गर्ने प्रयास गर्नु हुँदैन । यदि सानो झगडाले ठुलो रुप लिन थाल्यो भने आफुलाई सम्हाल्नु पर्छ । जुन कुराले एक-अर्कालाई चोट पुर्‍याउँछ, त्यो कुरा बोल्नु हुँदैन । तपाईंले रिसको झोंकमा बोलेको कुराले तपाईंको पार्टनरले जीवनभर मनमा लिएर बस्न सक्छन् ।

पुरानो कुरा नगर्नुहोस्

झगडा भएको समयमा बितिसकेका अथवा पुराना कुराहरु निकाल्नु हुँदैन । झगडाको कारण अर्को हुन्छ तर पुराना कुराहरु कोट्याएर झगडालाई अझ बढाउनु गलत हो । त्यस्ता कुराहरु जुन तपाईंले पहिले नै सुल्झाइसक्नु भएको छ भने त्यो कुरामा पुनः वहस गर्नु मुर्खता हुन्छ ।यदि तपाईं एक-अर्कालाई प्रेम गर्नु हुन्छ भने बितिसकेका कुरालाई पुनः वहसको कारण बनाउने भुल नगर्नु होला । त्यसले तपाईंलाई निराशता मात्र प्राप्त हुन्छ ।

म कमाउने तिमी उडाउने

यो वाक्य त्यस्तो हो, जुन कुनै पनि श्रीमतीले सुन्न चाहान्नन् । आफु कमाउँछु भनेर कहिले पनि श्रीमतीको अगाडि फुर्ती लगाउनु हुँदैन । दाम्पत्य जीवनमा श्रीमान्-श्रीमतीले आ-आफ्नो जिम्मेवारी पुरा गरेका हुन्छन्, त्यसैले कहिले पनि एक-अर्काबीच तुलना गर्नु हुँदैन ।

सानो कुरालाई ठुलो नबनाउनुहोस्

कुरा सानो होस् अथया ठुला एक-अर्काको कुरा राख्ने अधिकार दुबैलाई हुनु पर्छ । एक-अर्काको कुरा ध्यानपूर्वक सुन्नु आवश्यक छ । आफ्नो पार्टनरको दृष्टिले पनि हेर्ने कोसिस गुर्न पर्छ । त्यसले झगडा रोक्न सहयोग गर्छ ।

एक-अर्कासँग कुरा गर्नुको फाइदा

झगडा भएपछि कुराकानी बन्द भयो भने समस्याको समाधान पनि निस्कदैन । त्यसैले झगडापछि पनि बोलचाल गर्नु पर्छ । हो, कसैको स्वभाव नै जिद्दी हुन्छ, सम्झाउन गाहो हुन्छ तर तपाईंले धैर्यताका साथ काम लिनु आवश्यक हुन्छ ।

नातेदारको बारेमा नबोल्दा राम्रो

प्रायः दम्पतीहरु एउटा कुरामा झगडा परेको हुन्छन् तर कुरा एक-अर्काको नातेदारको हुन थाल्छ । तिम्रो नातेदार यस्तो, तिम्रो नातेदार उस्तो भनेर एक-अर्कालाई घोचपेच गर्न थाल्छन् । झगडाको क्रममा एक-अर्काको आमा-बुबा, भाइ-बहिनीलाई निशाना बनाएर अपि्रय बोली बोल्नु हुँदैन । त्यसले झगडा झन् बढाउँछ । कसैले पनि आफ्नो नातेदारको बारेमा नराम्रो सुन्न सक्दैन । त्यसैले दुबैले एक-अर्कामा नियन्त्रण राख्न आवश्यक छ ।

अरुसंग तुलना गर्नु हुँदैन

श्रीमान्को गुनासो हुन्छ-तिमी भन्दा समझदार त तिम्री दिदी, बहिनी अथवा भाउजु छिन् । उनीहरु कहिल्यै आफ्ना श्रीमानसँग वहस गर्दैनन् ।श्रीमतीको गुनासो झन् कडा हुन्छ-पहिला आफुलाई हेर, तिम्रो बुबा र दाई जस्तो तिमीमा के त्यस्तो गुण छ र ? तिमीसंग विवाह गरेर म फसेँ । मेरो साथीको श्रीमान्ले उनलाई कस्तो माया गर्छन्, तिमीले मलाई त्यस्तो कहिल्यै गरेनौ. । श्रीमान्-श्रीमतीको झगडामा त्यस्ता कुराहरु धेरै हुने गर्छन् । तपाईहरुबीच भएका झगडामा आफूसँग अरुहरुको तुलना कहिले पनि गर्नु हुँदैन । श्रीमान्-श्रीमती दुबैले त्यस्ता कुराहरु सहन सक्दैनन् ।

आफ्नो अनुहार हेरेका छौ ?

श्रीमान्-श्रीमतीले एक-अर्कालाई होच्याउनु हुँदैन । श्रीमान्को भनाइ हुन्छ-जति क्रिम लगाए पनि अनुहार उस्तै हो, शरीर मोटाएर भैंसी जस्तो भैसक्यो । श्रीमती भन्छिन्-सेतो कपालमा कलर गरेर कालो बनाउनु, मेरो अगाडि बुढो देखियो’ जस्ता कुराहरु एक-अर्कालाई भन्नु भनेको दुबैले एक-अर्काको बेइज्जत गर्नु हो । त्यस्ता कुराले दुबैको मन दुख्छ । त्यसैले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्छ । उमेर अनुसार हरेक मानिसमा परिपक्वता आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *